सूचना प्रविधिको बिस्तारमा वेबसाइटले प्रमुख भूमिका निर्वाह गर्दछ ,वेबसाइटले एक ठाउको सूचना ,समाचार, अडियो भिडियोहरुलाई एक कुना बाट अर्को कुनामा सजिलै संग पुर्याउन सहयोग गर्छ । आजकल विभिन्न कुराहरु , सूचना समाचार , जानकारी , फोटो भिडियो , कुनै पनि व्यक्ति विशेष, घटना , समाचार , रीजल्ट अनि जुनसुकै कुरालाई गूगलमा र्सच गरिने चलन चल्दै आएको छ । गूगलले अरु वेबसाइटमा भएको जानकारीलाई खोजेर रीजल्टमा देखाउने काम गर्दछ । कुनै पनि घटना जानकारी अनि यस्तै कुराहरुलाई विभिन्न वेबसाइटमा राखिएको हुन्छ।
न्युजका वेबसाइट, फोटोको वेबसाइट, समाचारको वेबसाइट , भिडियोको वेबसाइट अनि जानकारी मुलुक वेबसाइटहरु विभिन्न कीसिमका हुन्छन् । यस्तै बिभिन्न कीसिमका वेबसाइटहरु बनाउने खर्च पनि फरक किसिमका हुन्छन् । वेबसाइटको स्पेस, डोमेनको नाम , डेभलपमेन्ट मेथड , फ्रेमवर्क , सिस्टम, लेआउट आदि जस्तै कुराहरुले वेबसाइट निर्माण कार्यलाई महंगो र सस्तो पार्दछ । वेबसाइटको पेज संख्याको आधारमा वेब स्पेसको आधारमा, इमेलको संख्याको आधारमा, स्टाटिक तथा डाइनामिक वेबसाइटका आधारमा, अनि एप्लीकेशन तथा कोडीङ्ग , स्क्रिप्टका आधारमा पनि कम र बढी खर्च लाग्दछ ।